बिहीबार, १३ वैशाख २०८१

श्रीमानबाटै असुरक्षित छन् महिला ,सामान्य घर झगडामा श्रीमानले गरे यस्तो

समयपोष्ट २०७३ माघ ८ गते ३:०८

सामान्य घर झगडामा एक युवकले श्रीमतीलाई जिउँदै आगो लागाइदिएका छन् ।नेपालगन्ज १२ खट्कनपुरुवाका २६ बर्षीय राजेन्द्र खटिकले श्रीमती अमिसा खटिकलाई मट्टितेल खन्याएर आगो लगाएका हुन् । भारतको गोरखपुर देबरीया माइती भएकी अमिसाको अवस्था निकै गम्भीर छ । उनको अहिले भेरी अन्चल अस्पतालमा उपचार भइरहेको छ ।२२ बर्षीय अमिसाको पुरै शरीर जलेको छ प्रहरीका अनुसार उनको छाती, मुख, हात, घाँटी र गुप्तांगसमेत जलेको छ ।चिकित्सकका अनुसार उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ । उपचारमा संलग्न चिकित्सक दुर्गानन्द अधिकारीका अनुसार अमिसाको उपचार यहाँ सम्भव छैन, तर उनलाई उपचारका लागि बाहिर लैजाने कोही आफन्त छैनन् ।बिहीबार राती घर झगडा भउपछिराजेन्द्रले बलिरहेको टुकीको मट्टीतेल खन्याएर श्रीमतीको शरीरमा आगो लगाउका थिए । श्रीमतीलाई आगो लगाएपछि राजेन्द्र फरार छन् ।

Advertisement

आजको अन्नपूर्ण पोष्टबाट

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री