बिहीबार, १३ वैशाख २०८१

एन बि इन्स्योरेन्सको हकप्रद सेयरको लागि डिम्याट अनिवार्य

समयपोष्ट २०७३ पुष २६ गते ८:३६

एन बि इन्स्योरेन्सले जारी गरेको १०:८ हकप्रद सेयर प्राप्त गर्नको लागि सेयरधनीहरुको डिम्याट खाता अनिवार्य हुनुपर्ने भएको छ । कम्पनीले ८० प्रतिशत हकप्रद सेयर सेयरधनीको डिम्याट खातामै प्रदान गर्ने भएपछि डिम्याट खाता अनिवार्य भएको हो । कम्पनीले सेयरधनीहरुलाई डिम्याट खाताको विवरण बिक्री प्रवन्धक ग्लोवल आईएमइए क्यापिटल वा ईन्स्योरेन्सको कुनैपनि शाखामा बुझाउन सुचना जारी गरेको छ । यसको लागि सेयरधनीलाई सेयरधनीसँग भएको सम्पुर्ण सेयर सेयरधनीले खाता खोलेको निक्षेप सदस्य मार्फत डिम्याट गराउन सुचित गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री