बिहीबार, १३ वैशाख २०८१

महालक्ष्मी विकास बैंकको शेयर कारोबार खुल्यो

समयपोष्ट २०७३ पुष २५ गते ८:१२

महालक्ष्मी विकास बैंकको शेयर कारोबार नेपाल स्टक एक्सचेन्जमा सोमबारबाट खुलेको छ । बैंकले एमएलबिएल कारोबार सिम्बोल पाएको नेप्सले जनाएको छ । महालक्ष्मी फाइनान्स, मालिका विकास बैंक र सिदार्थ फाइनान्स गाभिएर महालक्ष्मी विकास बैंक बनेको हो ।

Advertisement

मर्जरमा गएपछि तीन वटै संस्थाको सेयर कारोबार रोकिएको थियो । मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स र सिद्धार्थ फाइनान्स एक आपसमा गाभिएपछि राष्ट्रियस्तरको विकास बैंक महालक्ष्मी विकास बैंकको नाममा गत भदौ ११ बाट एकिकृत कारोबार थालेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री