बुधबार, १२ वैशाख २०८१

पुनःनिर्माण प्राधिकरणका सिइअाे सुशील ज्ञवालीले दिए दाेस्राे स्पष्टीकरण

समयपोष्ट २०७३ पुष २४ गते १२:०९

पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले  दोस्रो पटक आफ्ना् स्पष्टीकरण पेस गरेका छन् । उनले अघिल्लो पटक बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले गत बिहीबार पुनः दोस्रो पटक स्पष्टीकरण सोधेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेशकुमार थपलियाले कार्यकारी अधिकृत ज्ञवालीले स्पष्टीकरण पत्र बुझाएको जानकारी दिए । ज्ञवालीको स्पष्टीकरण पत्रमा विभिन्न निकायको समन्वय, अनुदान वितरण, पुनर्वासलगायत विषय समेटिएको बताइएको छ ।
सचिव थपलियाले स्पष्टीकरण पत्र आफूले बुझेर मुख्य सचिव डा सोमलाल सुवेदीलाई समेत बुझाइसकेको बताए । भूकम्पपछिको पुनःनिर्माणको काम चित्तबुझ्दो नभएको जनाउँदै सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो । भूकम्पपीडित जनताले प्रभावकारी रुपमा राहत नपाएको, पुनःनिर्माणको कामले गति लिन नसकेको र प्राधिकरण भूकम्पपीडित जनतालाई सेवा दिनभन्दा पनि साना मसिना काममा मात्रै केन्द्रित भएको जस्ता आरोप लाग्दै आएको थियो ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री