मंगलबार, ११ वैशाख २०८१

 फराडेले ल्यायो दुनियाँकै तिब्र गतिमा चल्ने र्इलेक्ट्रिक कार

समयपोष्ट २०७३ पुष २१ गते ८:३१

अमेरिकी र्इलेक्ट्रिकल अटोमोवाईल कम्पनी फराडे फ्युचरले दुनियाँको सबैभन्दा तिब्र गतिमा चल्ने ईलेक्ट्रिकल कार निमार्ण गरेको छ । फराडेले टेस्लालाई चुनौति दिदै लस भेगासमा  आयोजित  कंज्यूमर इलेक्ट्रोनिक्स शो (सीईएस) 2017 मा तिब्र गतिमा चल्ने ईलेक्ट्रिकल कार FF91 लञ्च गरेको हो । उक्त कारमा आर्टीफीशियल इंटेलीजेंस र सेल्फ ड्राइविंग जस्ता थुप्रै फिचरर्सहरु सामेल गरिएको दाबी कम्पनीको छ । कम्पनीका अनुसार FF91 नयाँ पुस्ताको यस्तो कार हो जसले मानिसलाई हर समय संसारको हरेक कुनासंग जोडिराख्नेछ । यो कार एकपटक फुल चार्च गरेपछि ६०८.३२ km सम्म गुड्न सक्दछ । यदी यस कारलाई ८८.५१ km  प्रतिघण्टाको एकै रफ्तारमा चलाउँने हो भने यसले ७७५.० को दुरी तय गर्नसक्दछ । 

Advertisement

फराडे फ्युचरको १०५० hp /७८३ kw वाला यो कार केवल २.३९ सेकेण्डमा ०-९६ किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्नसक्छ । यस कारमा एयरोडायनामिक एंटीना राखिएको हुँदा यसले वाईफाई कनेक्सन सिस्टम काम गरे जस्तै गरी काम गर्दछ । कम्पनीको अनुसार यस कारको बुकिंगको लागि अग्रिम पाँच डलर बुझाउँनुपर्नेछ । कारको डलिभरी सन् २०१८ बाट सुरु  हुने जनाईएको छ । हालसम्म यस कारको अन्तिम मुल्य तोकिएको छैन । 

 

ff

Faraday Future FF91

एजेन्सि

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री