शनिबार, ८ वैशाख २०८१

टेलिकमको फोर जी सेवा आजवाट सुचारु हुने

समयपोष्ट २०७३ पुष १७ गते ५:५४

नेपाल टेलिकमले फोर जी सेवा आजवाट सुचारु गर्ने भएको छ । संचारमन्त्री सुरेन्द्रबहादुर कार्कीबाट फोर जी सेवा संचालनको औपचारिक उद्घाटन भएपछि सेवा सञ्चालनमा आउँने नेपाल टेलिकमले जनाएको छ । सेवा सुचारु  भएपछि टेलिकमका ग्राहकहरुले ३२ .४ एबिपिएसको गतिमा इन्टरनेट चलाउन सक्ने टेलिकमले जनाएको छ । व्यवसायिक रुपमा फोर जी सेवा सुरुवात भएपछि भने ८० एमबिपिएसको गतिमा इन्टरनेट चलाउन सकिनेछ । नेपाल टेलिकमले हालसम्म बितरण भएका  बढीमा ५ लाख सिममामात्र फोरजी चल्न सक्ने जनाएको छ । चार वर्षभन्दा अगाडि वितरण भएको सिमकार्डमा पनि फोरजी सेवा उपलब्ध नहुने तर सोही नम्बरको अपग्रेड सिम टेलिकमले उपलब्ध गराएपछि भने सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ ।  

Advertisement

सुरुवातमा काठमाडौं र पोखरामा फोरजी सेवा संचालनमा आउनेछ । यो सेवाका लागि टेलिकमले काठमाडौं र पोखरामा गरी पाँचसय भन्दा बढी विटिएस टावरमा फोरजी सर्पोट गर्ने चिप्स र सफ्टवेयर अपग्रेडको काम गरिरहेको छ । टेलिकमका अनुसार काठमाडौंमा २ लाख ७५ हजार र पोखरामा ३ लाख २५ हजारजनाले फोरजी सेवा सञ्चालन गर्न पाउनेछन् । हाल  नेपाली बजारमा उपलब्ध सामसुङ,हुवावे, माइक्रोम्याक्स,जियाेनी,सायोमी ,इन्टेक्स, जेटटिई, सोनी ,एचटिसी ,लाभा,कर्लस,ओप्पो,पानासोनिक,मेजु,वन प्लस का विभिन्न मोबाईल सेटहरुमा फोर जी सेवा लिन सकिने टेलिकमले जनाएको छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री