बिहीबार, १३ वैशाख २०८१

रिद्धि सिद्धि सिमेन्टद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

समयपोष्ट २०७९ माघ १५ गते १४:५४

Advertisement

नेपालमै पहिलो पटक अत्याधुनिक रोवोटिक प्रणालि प्रयोग गर्ने सिमेन्ट उत्पादक कम्पनी, रिद्धि सिद्धि सिमेन्टले मकवानपुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

कम्पनीले बिहीबार जिल्लाको भीमफेदी गाउँपालिका वडा न.३, झलकनेमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।

भीमफेदी गाउँपालिकाको समन्वयमा कम्पनीद्वारा आयोजित स्वास्थ्य शिविरमा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रमुख आतिथ्यता गरेका थिए।

सोहि गाउँपालिकाका वडा नं. ३ का वडाअध्यक्ष प्रीतिलाल लामा विशिष्ट अतिथिका रुपमा उपस्थित थिए ।

प्रशासन् प्रमुख अच्युत पराजुलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नं ३ का वडासदस्य बुद्दीमान बज्यू, नेकपा समाजवादी भीमफेदी गाउँपालिकाका संयोजक समीर श्रेष्ठ र खानी प्रमुख गणेश कुमार सिंहको पनि उपस्थिति थियो।

कम्पनी सबैको स्वास्थ्य प्रति सचेत रहेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने बताएको छ। उक्त कार्यक्रम खड़क तुम्सिङले संचालन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री