मंगलबार, ११ वैशाख २०८१

नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

समयपोष्ट २०७९ माघ ९ गते १९:००

Advertisement

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले दुई दिने एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम गरेको छ ।

कम्पनीले माघ ६ गते देखी ८ गते सम्म मधेश प्रदेशको बिरगंज स्थित होटल क्लार्क रिसोर्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम गरेको हो ।

तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य १२६ जना अभिकर्ताहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम गरेको हो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गराउने उदेश्यल व्यक्तित्व विकास सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा नयाँ बीमा ऐन २०७९ ले अभिकर्ताहरुबारे गरेको कानुनी व्यवस्था सम्वन्धमा र अभिकर्ता इजाजत पत्र आवेदन सम्वन्धमा गरेको व्यवस्थाका बारेमा विस्तृत जानकारी गराइएको थियो ।

समारोहमा प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउदै अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सँधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता जनाए ।

कम्पनीका बिरगंज शाखाका शाखा प्रमुख प्रकाश कुमार सिंहले संचालन गरेको सो समारोहमा एम.डि.आर.टी, सि.ओ.टी र टि.ओ.टीका लक्ष्य पु¥याएर सहभागि भएका अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका थिए ।

सम्मानित बिजनेश लिडरहरुले सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री