बुधबार, १२ वैशाख २०८१

अम्बानीको छोरोको इन्गेजमेण्टमा दीपिकाको साडीको चर्चा

समयपोष्ट २०७९ माघ ८ गते २०:४६

Advertisement

मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले १९ जनवरीमा राधिका मर्चेन्टसँग इन्गेजमेन्ट गरे ।

समारोहमा धेरै बलिउड सेलिब्रेटीहरू उपस्थित थिए, तर दीपिका पादुकोण र उनको रातो साडी सबैभन्दा बढी आकर्षणको केन्द्र बन्यो ।

यो साडीको मूल्य करिब डेढ लाख भारु रहेको बताइएको छ । रेशमबाट बनेको यो साडीलाई तौरानी साडी भनिन्छ । यो साडी सेलिब्रेटी डिजाइनर शालिना नाथानीले डिजाइन गरेकी हुन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दीपिकाको लुकको निकै तारिफ गरिरहेका छन् । दीपिकाले यसअघि आफ्नो विवाहमा सब्यसाचीले डिजाइन गरेको रातो साडी लगाएकी थिइन् ।

अम्बानीको घर एन्टिलियामा भएको उक्त समारोहमा धेरै बलिउड अभिनेत्री पुगेका थिए तर दीपिका आफ्नो परम्परागत पहिरनमा सबैभन्दा सुन्दर देखिएकी थिइन् । उनी पति तथा अभिनेता रणवीर सिंहसँग पार्टीमा पुगेकी थिइन् । रणवीर पनि निकै सुन्दर देखिएका थिए ।

दीपिकाको लुकको सामाजिक सञ्जालमा निकै तारिफ भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दीपिकालाई कुन पहिरन कहिले लगाउने भन्ने राम्रोसँग थाहा भएको बताएका छन् । एक प्रयोगकर्ताले लेखे- ‘दीपिका एकदमै उत्कृष्ट र सुन्दर देखिन्छिन्, उनलाई थाहा छ कुन अवसरमा कुन पोशाक लगाउने हो।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री