शुक्रबार, १६ चैत २०८०

दक्षिण भारतीय अवतारमा जान्हवी कपूर, फ्यानले लेखे श्रीदेवी जस्तै

समयपोष्ट २०७९ माघ ८ गते १७:४३

Advertisement

जान्हवी कपुरले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा आफ्नो नयाँ तस्विर शेयर गरेकी छन् ।

गोल्डेन बोर्डर भएको सेतो साउथ इन्डियन साडीमा जान्हवी निकै सुन्दर देखिएकी छन् ।

तस्बिरहरूमा, जान्हवी सुन्दर सेतो साडी लगाएर पानीमा पोज दिइरहेकी छन् । जान्हवीको पछिल्लो लुक्सलाई उनका प्रेमी शिखर पहाडियाले पनि मन पराइरहेका छन् । उनले अभिनेत्रीको यो पोस्टमा हार्ट इमोजी कमेन्ट गरेका छन् ।

उक्त फोटोसुटका लागि उनले सेतोमा गोल्ड कलरको लाइनिंग भएको परम्परागत दक्षिण भारतीय साडी लगाएकी थिइन् । जसमा उनले मिल्दो ब्लाउज लगाएकी छिन् ।

जान्हवीको यो पोष्टमा सेलिब्रेटी र फ्यानहरुले कडा प्रतिक्रिया दिइरहेका छन् । जान्हवीकी बहिनी शनाया कपूरले कमेन्ट सेक्शनमा लेखिन्- वाह, अरहान अवतारमणिले लेखेका छन्- ‘वाह वाह जान्हवी जी।’ एक फ्यानले लेखे- म्याडम तपाईं पानी परी जस्तै देखिनुहुन्छ।’ अर्का फ्यानले लेखे- तपाईं आफ्नो आमा श्रीदेवी जस्तै हुनुहुन्छ।

जान्हवीको आगामी फिल्मको कुरा गर्दा उनी ‘मिस्टर एण्ड मिसेस माही’, ‘बावल’, ‘दोस्ताना २’ र ‘किट्टी’ फिल्ममा मुख्य भूमिकामा देखिनेछिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री