शुक्रबार, १६ चैत २०८०

६१.३६ प्रतिशतले बढ्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा

समयपोष्ट २०७९ माघ ७ गते १८:५४

Advertisement

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७५ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.३६ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५ लाख रुपैयाँ रहेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७२.३० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५२ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ६१.९१ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ १४ पैसा बढेर ३७ रुपैयाँ १९ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.४५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ७३ पैसा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ३.६९ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको निक्षेप ९.६० प्रतिशत बढेको छ भने कर्जा २.३२ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री