बुधबार, १२ वैशाख २०८१

गृहमन्त्री लामिछानेको मुद्धामा सर्वोच्चले दिएन अन्तरिम आदेश

समयपोष्ट २०७९ पुष २२ गते १८:०५

Advertisement

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने भएको छ ।

सर्वोच्च अदालतले शुक्रबार गृहमन्त्री लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेसंगै उनको सांसद पद यथावत रहने भएको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

इजलासले लामिछानेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि अग्राधिकार दिँदै अन्तिम सुनुवाइका लागि माघ ११ मा पेस गर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतको यो आदेशसँगै लामिछाने विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भए पनि तत्कालका लागि उनको सांसद पद यथावत रहने भएको हो । साथै उपप्रधान र गृहमन्त्री पद समेत कायम रहनेछ ।


प्रतिक्रिया

सम्बन्धित सामाग्री