शनिबार, ८ वैशाख २०८१

स्वतन्त्र सांसद साहले रोजे एमाले

समयपोष्ट २०७९ पुष १९ गते ९:१०

Advertisement

रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराउनुभएको हो ।

उहाँले रौटहट–२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको थियो ।

सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो ।

अब एमालेको प्रतिनिधिसभामा सिट सङ्ख्या ७९ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री