आइतबार, १५ जेठ २०७९

नेपाल बैंकले संचालनमा ल्यायो बिदेशी मुद्राका आकर्षक विशेषता सहितका निक्षेप खाताहरु

समयपोष्ट २०७८ माघ १३ गते १९:५८

Advertisement

नेपाल बैंक लिमिटेडले गैर–आवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधाहरु सहितका एनआरएन निक्षेप खाताहरु संचालनमा ल्याएको छ ।

विदेशमा वस्ने गैर–आवासीय नेपालीहरुले अव अनलाइनबाटै नेपाल बैंक मुद्यती बिदेशी मुद्रामा बचत र मुद्ती खोल्न सक्नेछन् । अमेरिकी डलर, पाउन्ड स्टेर्लिङ र अष्ट्रेलियन डलरमा नेपाल बैंक लिमिटेडमा बचत तथा मूद्यती खाता खोल्दा उच्चतम व्याज दिईने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

बैंकद्धारा जारी बिज्ञप्ती अनुसार अमेरिकी डलरमा बचत तथा मुद्ती खाता खोल्दा बार्षिक व्याजदर क्रमश ४.५ प्रतिशत र छ प्रतिशत दिईनेछ भने अन्य विदेशि मुद्राको निक्षेपमा पनि आकर्षक व्याजदर दिने ब्यबस्था गरिएको छ ।

बचत तथा मुद्ती खाता दुबैमा न्युनतम मौज्दात अमेरिकी डलर ५००० वा सो वरावरको अन्य विदेशी मुद्रा हुनुपर्नेछ । एनआरएन खाता गैर–आवासीय नेपालीहरुले एकल तथा संयूक्तरुपमा तथा गैर आवासीय नेपालीबाट प्रबद्र्घित विदेश स्थित संस्थाको नाममा पनि खोल्न सकिनेछ । यो खाता खोल्नको लागि नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैर–आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपि समावेश गर्नुपर्दछ साथै बैंकिङ प्र०ाालीबाट मात्र रकम जम्मा गर्न र फिर्ता गर्न सकिनेछ भने मु२ती खाता कम्तिमा १ बर्ष वा सो भन्दा बढि अवधिको लागि खोल्न सकिने बैंकले जनाएको छ ।

Advertisement

नेपाल २१३ शाखाहरु, १४८ एटिएम मेसिन साथै ४७ वटा एक्सटेनसन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ । विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत देशैभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

दक्ष व्यवस्थापन, यूवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गईरहेकोछ । विदेशमा रहेका नेपालीहरुको समेत अत्यन्त आकर्षण र विश्वास रहेको नेपाल बैंकले संचालनमा ल्याएका नयाँ एनआरएन निक्षेप योजनाले गैर आवासीय नेपालीहरुलाई अनलाइनबाट नै सहज रुपमा नेपालमा बचत गर्ने अवसर प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री