शुक्रबार, १६ चैत २०८०

करदाता सेवा कार्यालय धनकुटामा सन्राइज बैंकको विस्तारित काउन्टर

समयपोष्ट २०७८ माघ १२ गते १८:४४

Advertisement

सन्राइज बैंक लिमिटेडले धनकुटा जिल्लाको धनकुटा न.पा.वडा नं.०५ मा अवस्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ ।

सो विस्तारित काउन्टर सेवा संचालनमा आएसंगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।

सो विस्तारित काउन्टर समुद्घाटन कार्यक्रम सन्राइज बैंकका १ नं. प्रदेश प्रमूख विवेक कुमार निरौला ज्यू तथा सन्राइज बैंक धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारी लगायत अन्य कर्मचारीहरु तथा केही स्थानीय उद्योगी, व्यवसायिहरुको उपस्थितिमा धनकुटा नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत श्री राम बहादुर थापाले गर्नु भएको थियो ।

हालसम्म बैंकले १३९ वटा शाखा, ८५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा विस्तारित काउण्टर र १५८ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री