शनिबार, ८ वैशाख २०८१

हेर्नुहोस् यस्तो छ ‘थिरिमाली’ मा स्वस्तिमाको आइटम

समयपोष्ट २०७८ माघ ११ गते १६:४२

Advertisement

नेपालमा छायाङ्कन भएको साउथ (दक्षिण भरतीय) फिल्म ‘थिरिमाली’ को आइटम गीत सार्वजनिक गरिएको छ । ‘रंग विरंगी रात फिरंगी’ बोल रहेको आइटम नेपाली अभिनेत्री स्वस्तिमा खड्काले कम्बर मर्काएकी छन् । गीतमा खड्का निकै बोल्ड देखिएकी छन् । उनी यस्तो बोल्ड अवतारमा पहिलो पटक देखिएकी हुन् ।

मलयालम भाषामा फिल्म निर्माण भएको बताइए पनि गीत हिन्दी भाषामा छ । बिजीपालको संगीत, तनिष्क नम्बरको शब्द रहेको गीतमा गायिका सुनिधि चौहानको स्वर छ । गीतमा काठमाडौंको दरबार स्क्वायरमा छायाङ्कन भएको हो । गीतमा नेपाली कोरोस डान्सर समेत

राजीव शेट्टीको निर्देशन रहेको ‘थिरिमाली’ काठमाडौको अलवा पोखरा, लुक्ला लगायतका स्थानमा छायाङ्कन भएको हो । फिल्मले भारतबाट नेपाल आएका तीनजना साथीको कथा भन्ने निर्माण युनिटले जनाएको छ । हिन्दी, मलयालम, कन्नड, तमिल र तेलूगू भाषामा रिलिज हुने बताइएको फिल्ममा नेपाली कलाकार माओत्से गुरुङ र उमेश तामाङको अलवा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, अन्ना राजन लगायतको मुख्य भूमिका छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री