शुक्रबार, १६ चैत २०८०

७.६३ प्रतिशतले बढ्यो कृषि विकास बैंकको खुद नाफा

समयपोष्ट २०७८ माघ ७ गते १७:५५

Advertisement

कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ४२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत बढी हो ।

गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.९६ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ ।

यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी २.४१ प्रतिशत र सञ्चालन मुनाफा ९.८८ प्रतिशतले बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज पनि समीक्षा अवधिमा २५ करोड २१ लाखबाट बढेर ६२ करोड १० लाख रुपैयाँ पुगेको छ ।

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८८ करोड १५ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १० अर्ब ४३ करोड रुपैयाँ संञ्चित छ ।

यस्तै बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ११ पैसा, प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात २२.३५ गुणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री