बिहीबार, १५ चैत २०८०

प्रधानमन्त्री देउवाले भने-मेलम्ची आयोजना मर्मत गरेर यसै वर्ष उपत्यकावासीलाई पानी खुवाउँछु

समयपोष्ट २०७८ माघ ७ गते १७:१९

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मर्मत यस वर्षभित्रै गर्ने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मेलम्चीको पानी यस वर्षभित्र काठमाडौं उपत्यकामा ल्याईने बताए ।

उनले आफ्नो नेतृत्वको सरकारले रासायनिक मल ‘जी टू जी’ मार्फत खरिदका लागि प्रक्रिया अघि बढाएको पनि जानकारी दिए ।

उनले धान र उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरिएको भन्दै किसानलाई यसबाट राहत पुग्ने विश्वास सरकारले लिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री