मंगलबार, ४ वैशाख २०८१

नेपालमा अहिलेसम्म ८ लाख ८७ हजार ७६९ जनामा कोरोना संक्रमण पुष्टि, ११ हजार ६३२ जनाको मृत्यु

समयपोष्ट २०७८ माघ ६ गते २०:२७

Advertisement

नेपालमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या आठ लाख ८७ हजार ७६९ जना पुगेको छ। संक्रमण सुरु भएदेखि अहिलेसम्म बालकदेखि वृद्धसम्म संक्रमित भएका छन् ।

अहिलेसम्म संक्रमित हुनेमध्ये अहिलेसम्म सबै भन्दा बढी संक्रमित २१ वर्षदेखि ३० वर्ष उमेर समूहका रहेका छन् । यो उमेर समूहका दुई लाख १५ हजार ६७०, २१ देखि ३० उमेर समूहका दुई लाख लाख १३ हजार ७८३ जना संक्रमित भएका छन् ।

त्यस्तै १० वर्ष उमेर समूहका २० हजार ४०४ जनामा कोरोना पृष्टि भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ। ११ वर्ष देखि २० वर्ष उमेर समूहका ६० हजार १३४, ४१ देखि ५० वर्ष उमेर समूहका एक लाख ४९ हजार १०५, ५१ देखि ६० वर्ष उमेरका १ लाख ८ हजार ५६४, ६१ देखि ७० उमेर समूहका ६१ हजार १५१, ७१ देखि ८० उमेर समूहका ३१ हजार ४९१ पुगेको छ। त्यस्तै ८० वर्षमाथि उमेर समूहका १३ हजार ५९० जना संक्रमित भएका छन् । उमेर नखुलेका ३ हजार ८२५ जना संक्रमित भएका छन् ।

हालसम्म ११ हजार ६३२ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन्। सबै भन्दा बढी ६० वर्ष देखि ६९ वर्ष उमेर समूहका संक्रमितको नेपालमा मृत्यु भएको छ।

० देखि ९ वर्ष उमेर समूहका ४९, १० देखि १९ वर्ष उमेर समूहका ५७, २० देखि २९ उमेर समूहका ३६२, ३० देखि ३९ उमेर समूहका ९४३, ४० देखि ४९ उमेर समूहका १६ सय ३९, ५० देखि ५९ उमेर समूहका २२ सय ५३, ६० देखि ६९ उमेर समूहका २४ सय ३६, ७० देखि ७९ उमेर समूहका २३०६, ८० वर्ष माथिका १५७४, उमेर नखुलेका १३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री