शुक्रबार, १६ चैत २०८०

समीक्षाले अव पल शाहसँगको सम्बन्धबारे यथार्थ खुलाउने

समयपोष्ट २०७८ माघ ६ गते १८:३७

Advertisement

गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको सम्बन्धबारे यथार्थ खुलाउने उल्लेख गरेकी छिन् । बिहीबार फेसबुकमा स्टाटस पोस्ट गर्दै उनले अब यथार्थ खुलाउने बताएकी हुन् ।

यसअघि पलसँगको सम्बन्ध मिडियामा आउन थालेपछि उनले फेसबुकमा स्टाटस लेख्दै आफू र पलबीच प्रेम सम्बन्ध नरहेको बताएकी थिइन् । पलले आफूलाई अभिभावकको हिसाबले माया गर्ने गरेको भन्दै आफू पलको फ्यान मात्र भएको उनले बताएकी थिइन् ।

उनले सोही समयको स्टाटसको स्क्रिनसट पोष्ट गर्दै लेखेकी छन् ‘म लामो केही भन्दिन, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउनेछु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री