शुक्रबार, १४ वैशाख २०८१

५८.८७ प्रतिशतले बढ्यो सांग्रिला डेभलपमेन्ट बैंकको नाफा

समयपोष्ट २०७८ माघ ६ गते ११:३३

Advertisement

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.८७ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज उल्लेख्य घटेपछि बैंकको नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.८१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १६.१८ प्रतिशत र सञ्चालन मुनाफा ६८.१६ प्रतिशत बढेको छर समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.४३ प्रतिशतबाट घटेर १.१५ प्रतिशतमा झरेसँगै इम्पेरमेन्ट चार्ज ७४.७८ प्रतिशत घटेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १८ करोड ४ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १२ रुपैयाँ ४ पैसाबाट बढेर १७ रुपैयाँ ३९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ४.४१ प्रतिशत घटेको छ। सो अवधिमा बैंकको निक्षेप ९.८८ प्रतिशत र कर्जा २२.४४ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री