मंगलबार, ११ वैशाख २०८१

अर्घाखाँची सिमेन्टले बुक विल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने

समयपोष्ट २०७८ पुष २९ गते १२:१४

 

Advertisement

 

अर्घाखाँची सिमेन्टले बुक विल्डिङ विधिबाट साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

माघ ५ गतेको लागि बोलाएको साधारणसभामा सोही अुनसारको अधिृकत पुँजी, जारी तथा चुक्ता पुँजी परिवर्तन गर्ने प्रस्ताव लैजाने भएको छ ।

अर्घाखाँची सिमेन्टको कार्यालय थापाथलीमा हुने साधारणसभामा बुक विल्डिङ विधिबाट आइपीओ निष्काशन गर्नको लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने भएको छ ।

सभामा आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदनमा छलफल गरेर पारित गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिक नगद लाभांश स्वीकृत गर्ने लगायत प्रस्तावमा छलफल गरेर पारित गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री