शुक्रबार, १४ वैशाख २०८१

क्लास्सिक टेकले लन्च गर्यो टाक्एन प्याकेज

समयपोष्ट २०७८ पुष २८ गते १८:०२

Advertisement

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले न्युन मुल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउने उदेश्यले टाक्एन प्याकेज सञ्चालनमा ल्याएको छ।

कम्पनीले बुधबार फेसबुक लाइभ मार्फत नयाँ ब्राण्ड एम्बासेडर बिपिन कार्कीद्वारा उक्त प्याकेज सार्वजनिक गरेको हो ।

“उच्च गतिको इन्टरनेट सेवा न्यून मूल्यमा सबै शहर तथा गाउँघरमा पहुँच” भन्ने उदेश्यले सेवा प्रदान गर्दै आएको सो कम्पनीले नेपालमा सन् २००९ देखि सेवा सुरु गरेको हो ।

कम्पनीले १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ। देशमा इन्टरनेट प्रयोग गर्ने संख्या बढ्दै जादा क्लास्सिक टेक्ले कम मूल्यमा उच्च गतिको इन्टरनेट देशको सबै गाउँ र सहर मा सेवा दिदैं आएको छ ।

5Ghz राउटर र मेष वाइफाई ल्याएको क्लास्सिक टेकले इन्टरनेटको आवस्यकता र आफ्ना प्रयोगकर्ताहरुको मार बुझेर छिठो छारितो र एक दमै न्युन मुल्यमा नया उच्च इन्टरनेट गतिको टाक्एन प्याकेज ल्याएको कम्पनीले जनाएको छ ।

टाक्एन प्याकेज मा 150mbps,225mbps ,325mbps,625mbps र 1000mbps को बिभिन्न प्याकेज हरु समायोजन गरिएको छ। १५० देखि १०००mदउक सम्म को प्याकेज क्लास्सिक को वेवसाइट https://www.classic.com.np/ मार्फत लिन सकिने छ ।

अहिले क्लास्सिक टेक प्रयोग गरिरहेका प्रयोगकर्ताहरुको प्याकेज ६५० गुणाले नि:शुल्क अपग्रेड गरिएको कम्पनीले जनाएको छ । टाक्एन प्याकेज प्रयोग कर्ताले IPTV सित्तैमा प्रयोग गर्न सक्ने तथा टाइम ब्याक सिस्टम रहेको जसमा केही प्राविधिक कारणबस सेवा अबरुद्ध हुन पुगेमा कम्पनी ले त्यसको क्षतिपूर्ति बापत दिनहरु थप गर्न सक्ने जनाएको छ ।

न्यून इन्टरनेट गतिको समस्याले मारमा परेकाकालाई मध्यनजर राखेर यो टाक्एन प्याकेज ल्याइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री