शुक्रबार, १६ चैत २०८०

रेखासंग विवाह गर्न थाहन्थे सलमान !

समयपोष्ट २०७८ पुष २२ गते १९:२३

Advertisement

बलिउड अभिनेता सलमान खानको जिन्दगीमा कयौ केटी आए तर ती कुनैपनि सम्बन्ध विवाह बन्धनसम्म पुगेन ।

यसैले सलमान खानको विवाह सिनेमा उद्योगको जल्दो बल्दो विषय बन्दै आएको छ । योसँग सम्बन्धित सवाल सलमानलाई धेरैजसो सोधिँदै आएको छ । तर उनी यी सवालहरूलाई हँसीठट्टामा टार्दै आएका छन् । सलमान खानले एक पटक ती अभिनेत्रीको नाम खुलासा गरेका थिए, जसका कारण उनी हालसम्म पनि विवाह नगरी बसेका छन् ।

सलमान खानले आफ्नो विवादास्पद रियालिटी शो बिग बोसमा बलिउड सुन्दरी तथा दिग्गज अभिनेत्री रेखाका कारण आफूले विवाह नगरेको र उनकै कारण आफू एक्लो भएको उनले बताएका थिए । उनका अनुसार रेखालाई विवाह गर्न चाहेको सूचीमा उनी आफैँ पनि थिए ।

रेखा आफ्नो फिल्म सुपर नानीको प्रोमोसन गर्न बिग बोसमा पुगेकी थिइन् । त्यतिबेला रेखाले शोमा बताएकी थिइन्, ‘जब सलमान किशोर थिए तब उनी मबाट प्रभावित थिए । ती दिन हामी दुबै छिमेकी थियौं । यही कारण जब म बिहान ५ः३० बजे मर्निङ वाकमा जान्थेँ सलमान मलाई बल्कोनीमा बसेर हेर्ने गर्दथे र पछि पछि साइकलमा आउने गर्दथे । उनलाई त्यतिबेला थाहा थिएन तर उनले मलाई माया गर्न थालिसकेका थिए ।’

त्यसपछि सलमान खान आफ्ना साथीसँगै मेरो योगा क्लासमा पनि आबद्ध भएका थिए । सलमान खानले घरमा सबैलाई आफू ठूलो भएपछि रेखासँगै विवाह गर्छु समेत भनिसकेका थिए । ’

रेखाको कुरा सुनेर सलमान खान केही लजाए र सायद यसैकारण आफ्नो अहिलेसम्म पनि विवाह हुन नसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री