शुक्रबार, १४ वैशाख २०८१

अमेरिकामा कोरोना संक्रमितको संख्या बढ्यो, तीन हजारभन्दा बढी विद्यालय बन्द

समयपोष्ट २०७८ पुष २२ गते १२:०९

Advertisement

अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका बताइएको छ ।

यहाँ पछिल्ला केही हप्तायतादेखि कोरोनाका सङ्क्रमितहरु निकै नै बढ्दै गएको देखिएको छ । बुधबारसम्ममा ३ हजार २२९ विद्यालय बन्द भएका बताइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्तामा अमेरिकामा कोरोना भाइरस बढेकाले विद्यालयमा पनि प्रभाव परेको बताएका हुन् । यहाँ कोरोनाको घातक भेरियन्ट ओमिक्रोन पनि बढ्दै गएको देखिएको छ । न्युजर्सीमा मात्र कम्तीमा पनि ३२ प्रतिशत विद्यालय बन्द भएका बताइएको छ ।

त्यस्तै एटलान्टा, मेरिल्याण्ड तथा न्युयोर्कमा महामारीका कारण विद्यालयहरु बन्दै गरिएका बताइएको छ । गएको ११ दिन यता यहाँ कोरोनाका सङ्क्रमितहरु दोब्बर भन्दा पनि बढी देखिएका छन् । जसका कारण यहाँका अरु धेरै क्षेत्रमा पनि बन्द गर्नुपर्ने अवस्था छ भने विद्यालयहरु पनि बन्द भएका बताइएको छ ।

कोरोनाका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभाव परेको देश हो । यहाँ अहिले पनि लाखौँ सङ्क्रमित भेटिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री