शुक्रबार, १६ चैत २०८०

प्रेम र भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियो ‘अनलाइन’

समयपोष्ट २०७८ पुष २१ गते १९:४१

Advertisement

युवापुस्ताले सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने प्रेम र भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियो ‘अनलाइन’ सार्वजनिक भएको छ ।

यस गीतमा स्वर अमेरिकामा बस्दै आएका प्रतिभाशाली युवा गायक प्रवेश राईको छ । गीतमा शब्द सङ्गीतसमेत गायक राईले नै दिनुभएको हो । गीतलाई जीआर उप्रेतीले सङ्गीत संयोजन गर्नुभएको छ । अनलाइनमा भएकी प्रेमिकाले नबोल्दा प्रेमीको मनमा आएको छटपटी र दुःखेसो भिडियोमार्फत देखाइएको छ । भिडियो भीम लामिछानेले छायाङ्कन र राजेश शाहले सम्पादन गर्नुभएको हो ।

म्युजिक भिडियोमा गायक राई, सिर्जना भुजेल र बादल मगरको अभिनय रहेको छ । प्रवेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’ को आधिकारिक च्यानलमार्फत सार्वजनिक गरिएको छ । आफ्नो पहिलो प्रयासलाई हेरेर एवं सुनेर प्रतिक्रिया दिन गायक राईले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री