बिहीबार, १३ वैशाख २०८१

नेता खाँणले अध्ययन गरेको विद्यालयमा गएर शिक्षामन्त्रीले सामुदायिक विद्यालयको बारेमा यसो भने

समयपोष्ट २०७४ माघ ८ गते १५:४२

उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले सामुदायिक विद्यालयको स्तरोन्नतिले राष्ट्रिय समृद्धिको लक्ष्य हासिल गर्न फलदायी हुने बताएका छन् ।

Advertisement

रुपन्देही मणिग्रामस्थित शान्ति नमूना माविको ५९औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँनले नमूना विद्यालयका रूपमा सञ्चालित यसको अनुसरण अन्य विद्यालयले पनि गर्नुपर्ने बताए ।

पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले आफू पनि शान्ति नमूना विद्यालयलमा पढेको हुँदा यसको विगत र वर्तमान गौरवशाली रहेको उल्लेख गर्दै विद्यालयको अहिलेको अवस्थाले मणिग्राम क्षेत्रको चेतनशील समाजलाई प्रतिबिम्वित गर्ने धारणा व्यक्त गरे ।

विद्यालयका अध्यक्ष शरद भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा प्रधानाध्यापक कुलप्रसाद लामिछानेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा विद्यालयको मुखपत्र ‘नानी’ को विमोचन गर्नुका साथै वार्षिक शैक्षिक क्रियाकलापमा उत्कृष्ट भएकालाई सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यार्थीले मनोरञ्जनात्मक प्रस्तुति पनि प्रस्तुत गरेका थिए ।

सरस्वती पूजाकै अवसरमा तिलोत्तमा नगरका राममणि बहुमुखी क्याम्पस, ज्योति आधारभूत विद्यालयलगायतमा पूजासहित विविध कार्यक्रम सम्पन्न भएका छन्
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री