टेलिकमले मोबाइल मनि संचालनमा ल्याउँदै, स्कुलको फि देखि घरायसी किनमेल गर्न समेत सहज
नेपाल टेलिकमले डिजिटल पेमेन्ट गेटवे अर्थात मोबाइल मनि संचालनमा ल्याउन सब्सिडरी कम्पनी खोल्ने प्रकृया अगाडि बढाएको छ । मोबाइलमार्फत हुने कारोबार बढ्दै गएपछि टेलिकमले यो व्यवसाय संचालनमा ल्याउन लागेको हो ।
टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार टेलिकमले मोबाइल मनिका लागि सब्सिडरी कम्पनी खोल्ने प्रकृया अगाडी बढाएको छ । मोबाइल मनि सुरु भएपछि रिचार्ज कार्डको भौतिक कारोबार कम हुने र त्यसले टेलिकमको व्यापारको हिस्सा बढ्ने वैद्यले बताईन् ।
वैद्यले सब्सिडरी कम्पनी खोलेपछि मोबाइल मनिका लागि राष्ट्र बैंकबाट अनुमति लिएर तत्कालै काम थालिने बताईन् । मोबाइल मनिका लागि विभिन्न बैंकसँग सहकार्यका लागि समेत छलफल सुरु गरिसकेको उनले बतार्इन्।
यो सेवा संचालनमा आएपछि ग्राहकले विजुली, खानेपानी,विद्यालयको शुल्क, किराना पसलमा सामान किन्न,सपिङ लगायत क्षेत्रमा मोवाइलबाटै कारोबार गर्न सक्नेछन्।
अहिले मुलुकभित्र इ-सेवा,आइएमर्इ पे,प्रभु टेक्नोलोजी,खल्ती लगायतका कम्पनीले डिजिटल पेमेन्टको कारोबार गरिरहेका छन्।
प्रतिक्रिया