शुक्रबार, १४ वैशाख २०८१

२०.९१ प्रतिशतले बढ्यो गरिमा विकास बैंकको खुद नाफा

समयपोष्ट २०७७ माघ १४ गते १०:४४

Advertisement

गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३९ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो।

खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानी बढेपछि बैंकको नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २५ करोड २३ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.५२ प्रतिशत बढेर ८४ करोड २६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २०.९१ प्रतिशत बढेर ५६ करोड २२ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी ६८ लाख २६ हजार रुपैयाँबाट बढेर २१ करोड २८ लाख रुपैयाँ पुगेको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ।गत आर्थिक वर्षको अन्त्यसम्ममा २० रुपैयाँ १० पैसा रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २४ रुपैयाँ ३१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.६५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ७ पैसा पुगेको छ।

पुस मसान्तसम्ममा चुक्ता पूँजी ३ अर्ब २३ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ८३ करोड ३९ लाख रुपैयाँ, शेयरधनी कोषमा ७२ करोड २६ लाख रुपैयाँ र शेयर प्रिमियममा ९ करोड ७० लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी त्यती नै हुँदा जगेडा कोषमा ६३ करोड ७५ लाख रुपैयाँ, शेयरधनी कोषमा ४७ करोड ३ लाख र शेयर प्रिमियममा ९ करोड ७० लाख रुपैयाँ थियो।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप ४२ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ५३ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, कर्जा ३४ करोड ८६ लाख रुपैयाँबाट बढेर ४४ करोड १६ लाख रुपैयाँ पुगेको छ। कर्जासँगै बैंकको निष्क्रिय कर्जा पनि बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.३९ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ०.९४ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकको बेस रेट १०.९५ प्रतिशतबाट ८.३८ प्रतिशतमा झरेको छ भने स्प्रेड रेट ५.२६ प्रतिशतबाट ४.९९ प्रतिशतमा झरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री