शनिबार, ८ वैशाख २०८१

ओली पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगे : नेता रावल

समयपोष्ट २०७७ माघ १३ गते २०:१०

Advertisement

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली पाप पखाल्न पशुपतिनाथ मन्दिर पुगेको बताएका छन्

प्रतिनिधिसभा विघटनविरुद्ध बाजुराको कोल्टीमा आयोजित विरोध सभामा बोल्दै नेता रावलले भने,’संसद विघटनको चौतर्र्फी बिरोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेका छन् । तर यति ठूलो अपराध बत्ती बालेर पखालिँदैन ।’

ओलीले सोमबार पशुपतिनाथ मन्दिर गएर विशेष पूजापाठ गरेका थिए । नेता रावलले ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको बरु उल्टै विदेशीहरुसँग झुक्न थालेको पनि आरोप समेत लगाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री