शुक्रबार, ७ वैशाख २०८१

काठमाडौंमा यसरी मनाईयो भारतको ७२ औं गणतन्त्र दिवस (फोटो फिचर सहित)

समयपोष्ट २०७७ माघ १३ गते १९:२०

Advertisement

काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराउनुभयो र त्यसपश्चात भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाउनुभयो ।

उक्त दिवसको अवसरमा राजदूतद्वारा वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ३.६८ करोड नगद तथा कम्मल वितरण गरी सम्मान गरियो । राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान गर्याे ।

सोहि दिन राजदूतले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गर्नुभयो । नेपालका माननीय परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली सो समारोहको मुख्य अतिथिका रुपमा सरिक हुनुहुन्थ्यो ।

सो समारोहमा नेपालका भूतपूर्व सम्माननीय राष्ट्रपति रामवरण यादवले ‘India-Nepal Alumni Network Sampark’ का साथै www.samparkbharatnepal.com वेबसाइटको शुभारम्भ गर्नुभयो ।

समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरुको उपस्थिति थियो । भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन उहाँहरुले पुर्याउनुभएको योगदानलाई कदर गर्दै  सम्मान गरिएको थियो ।

भारतीय राजदूतावासद्वारा आयोजित ‘Maitri Through My Lens’ फोटो प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई चेक तथा प्रमाणपत्र प्रदान गरियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री