बिहीबार, १३ वैशाख २०८१

मोरङका खानेपानी उपभोक्ताले खानेपानीको महसुल अब ‘आइएमई पे’ वालेटमार्फत भुक्तान गर्न सक्ने

समयपोष्ट २०७७ माघ १३ गते १४:३९

Advertisement

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत संचालित ‘आइएमई पे’ र बिराटचोक मोरङ स्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समिति बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेट मार्फत भुक्तान गर्न सक्नेछन् ।

सम्झौता पत्रमा ‘आइएमई पे’ का अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले हस्ताक्षर गरे । यस सम्झौताबाट ६ हजार (६,०००) घरधुरी लाभान्वित हुने आइएमईले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री