मंगलबार, ४ वैशाख २०८१

पशुपतिनाथ मन्दिर परिसरमा महिलाको हत्या, चाउचाउको काटुर्न प्रयोग गरेर शव जलाउने प्रयास

समयपोष्ट २०७७ माघ १२ गते १६:३५

Advertisement

काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिर परिसरमा एक महिलाको हत्या भएको छ ।

मन्दिर परिसरमा मागेर गुजारा चलाउँदै आएकी ३५ वर्षीया बबितादेवी चौधरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ ।

हत्या गरेपछि चौधरीको शवलाई चाउचाउको काटुर्न प्रयोग गरेर जलाउने प्रयास गरेको तर, नजलेपछि गाड्नका लागि खाल्डो समेत खनेको बताईएको छ ।
महानगरीय प्रहरी वृत्त गौशालाले सामान्य जलेको अवस्थामा चौधरीको शव बरामद गरेको छ ।

हत्यामा संलग्नताको आशंकामा प्रहरीले मृतक चौधरीका श्रीमान ३८ वर्षीय रवि चौधरी र नुवाकोट घर भएकी अनु थापा उर्फ ठुलो चल्लीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार

अनुको मोवाइल चोरेको आरोपमा तीन दिनअघि उनी सहितका केही केटाले बबितालाई कुटेका थिए । उनी दुई वर्षदेखी मन्दिर परिसरमा मागेर गुजारा चलाउँदै आएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री