शनिबार, ८ वैशाख २०८१

बालुवाटारमा विरोध प्रदर्शनमा उत्रिएका कृष्ण पहाडीसहित २६ जना पक्राउ

समयपोष्ट २०७७ माघ १२ गते १४:५५

Advertisement

प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीका गलत कदमविरुद्ध प्रदर्शन गर्न पुगेका पहाडी लगायतलाई प्रहरीले पक्राउ गरेको हो ।

सभापति पहाडी, कृष्ण कँडेलसहित करिब २ दर्जनलाई पक्राउ गरी नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाली प्रतिनिधिसभा विघटन गरेको, राज्य संयन्त्रको दुरुपयोग गरेको तथा प्रधानमन्त्री तथा मन्त्रीहरुले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सोमबार बिहान समाजले बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री