शुक्रबार, १६ चैत २०८०

माधव नेपालप्रति सूर्य थापाको कटाक्ष : उधारो हुन्न, हाताहाती चाहिन्छ, पेरिसडाँडामा कुखुरी काँ ?

समयपोष्ट २०७७ माघ १२ गते ११:२५

Advertisement

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री माधव नेपालप्रति कडा टिप्पणी गरेका छन्।

सोमबार बिहान फेसबुकमार्फत थापाले नेपाललाई दरबारमा बिन्तिपत्र चढाएको भन्दै त्यसकै पुनरावृत्ति अहिले पनि भएको आरोप लगाएका हुन्।

पार्टी एक हुँदा तेस्रो अध्यक्ष पद अस्वीकार गरेको भन्दै माधव नेपाललाई तेल दिँदा नखाएको तर कोल चाट्ने काम गरेको आरोप लगाए।

हिजो निर्वाचन आयोगले नेकपाका मागदाबी अमान्य बताउँदै माधव नेपालको अध्यक्ष पद अवैधानिक भएको बताएको थियो। त्यसैप्रति लक्ष्य गर्दै थापाले लेखेका छन्–

पहिले दरबारकाे पश्चिम ढाेकामा सभक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति –
अहिले कार्की बैंक्वेटमा आयाेजित प्रचण्डपथीय भेलाबाट स्वघाेषित अध्यक्ष बनेकाे १ महिना ४ दिनमै अवैध घाेषणा –
बुद्धिले अरूलाई खा,
रिसले आफूलाई खा
भनेकाे यस्तै भएर हाेला !
एकीकृत पार्टीकाे तेस्राे अध्यक्ष बन्न भन्दा मनले मानेन,
तेल दिँदा नखाने काेल चाट्ने गर्दा त यस्तै हुन्छ नै ।
मजाक –
उधारो हुन्न, हाताहाती चाहिन्छ,
पेरिसडाँडामा कुखुरी काँ ?
https://www.facebook.com/suryathapa.sun/photos/a.1315771935187840/3535746509857027/

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री