शुक्रबार, १४ वैशाख २०८१

३८ बर्ष कान्छी युवतीसंग आज विवाह बन्धनमा बाँधिदै मुख्यमन्त्री राई, पहिलो श्रीमती दाबी गर्ने बालिकाले अर्को मुद्धा हाल्दै

समयपोष्ट २०७७ माघ ११ गते ९:४४

Advertisement

प्रदेश–१ का मुखयमन्त्री शेरधन राई आइतबार विवाह बन्धनमा बाँधिदैछन् ।

सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका मुख्यमन्त्री राई आइतबार अर्थात ११ माघमा काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भोज दिँदैछन् । मुख्यमन्त्री राई र ज्याङ्मुको विवाह समारोहमा पाँच सय जनाको हाराकारीलाई मात्र निम्तो बाँडिएको बताइएको छ ।

विवाह समारोहमा आफन्तजन, राजनीतिकर्मी, कर्मचारी, केही कुटनीतिज्ञ र चुनिएका पत्रकारहरुलाई मात्र निमन्त्रणा गरिएको छ । विवाह समारोहमा निम्तालुलाई आइतबार दिउँसो ३ बजेपछि निमन्त्रणा गरिएको छ ।

भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह हुन लागेको हो । ‘मिस मंगोल नेपाल’को ताज पहिरिएसँग समाजसेवामा सक्रिय ज्याङ्मु र मुख्यमन्त्री राई समाजसेवाकै सिलसिलामा नजिक भएको बताइन्छ । उहाँहरुबीच झण्डै दुई दशक बढी उमेर अन्तर रहेको छ ।

यसैबिच आफुलाई मुख्यमन्त्री राईको पहिली श्रीमती दाबी गर्ने बालिका खड्काले राईलाई फेरी अर्को मुद्या हाल्ने तयारी गरेकी छिन् । शेरधनसंगको सम्बन्धमा अदालत विचाराधिन रहेको समयमा शेरधनले अर्को विबाह गर्न नपाउने बालिकाको भनाई छ ।

शेरधनको विबाहको ठीक एक दिन अघि मात्र बालिकाले एक अन्तरवार्तामा आफुलाई अदालतले शेरधनसंगको सम्बन्ध विच्छेदको कुनै कागज पत्र नदिएको हुँदा आफु नै शेरधनको श्रीमती रुपमा रहेको उनको भनाई छ ।

बालिकाको भनाईमा शेरधनले यो विबाह बाल विबाह हो । यस विषयमा बालिका भन्छिन्,‘मैले पाएको जानकारी अनुसार शेरधनले विबाह गर्न लागेका जाङ्मु जम्मा १८ वर्षकी छिन् । तर शेरधन त ५६ वर्षका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री