आइतबार, २३ फागुन २०७७

रेलमार्गमा टिकटक बनाउँदा एक युवाको मृत्यु

समयपोष्ट २०७७ माघ ११ गते ७:३४

Advertisement

पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले शनिबार जानकारी दिएको छ। सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ।

पाकिस्तानको राजधानी शहर इस्लामाबादनजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रबार सो दुर्घटना भएको जनाइएको छ।

Advertisement

रेलमार्ग टिकटकको अभिनय गर्न व्यस्त १८ वर्षीय हमजा नाभेदको उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्था रेलको ठक्करबाट मृत्यु भएको स्थानीय उद्वार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्। उद्वारकर्ताहरुले नाभेदलाई उद्वार गरेको अवस्थामा उनको मृत्यु भइसकेको पनि समाचारमा जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री