शुक्रबार, १६ चैत २०८०

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २३औं साधारणसभा सम्पन्न, लाभांश वितरण प्रस्ताव पारित

समयपोष्ट २०७७ माघ १० गते १७:०६

Advertisement

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न साधारणसभाले १०.२६९५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।

साधारण सभाबाट संस्थापक समुह “क” बाट तीन (३) जना र सर्वसाधारण समुह “ख” बाट एक (१) जना महिला सहित तीन (३) जना गरी जम्मा छ (६) जना सञ्चालकहरु चयन भएका छन् ।

साधारण सभा पश्चात बसेको सञ्चालकहरुको बैठकले उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । समुह “क”बाट सञ्चालकहरुमा मोहन बहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित हुनु भएको छ भने समुह “ख” बाट चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान चयन भएका छन् ।

साधारणसभाले पारित गरेको १०.२६९५ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुग्नेछ ।
हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।
बैंकले आर्थिक वर्ष २०७६/७७ मा रु. ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा रु. ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा रु. १ अर्ब १० करोड ८४ लाख आर्जन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री