ओलीलाई घुँडा टेकाएरै छाड्छौँ : नेता भुषाल
नेकपा प्रचण्ड–माधव पक्षका नेता घनश्याम भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाएरै छाड्ने बताउका छन् ।
शुक्रबार प्रतिनिधि सभा विघटनको प्रतिगामी कदमविरुद्ध काठमाडौँमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता भुषालले ओलीलाई घुँडा टेकाएरै छाड्ने बताएका हुन् । नेता भुषालले नेकपाले ओली जस्ता नेता नजन्माउने दाबी गर्दै भने,‘आजको अदालत लोकतन्त्र र संविधानको विपक्षमा जान्छ भन्ने हामी सोच्दैनौँ,’उनले भने,यो अदालत तपाईंको सेटिङका कारण डराएर तपाईंको पक्षमा फैसला गर्छ भन्ने लागेको छ भने तपाई गलत हुनुहुन्छ ।’
नेता भुषालले पार्टी र सरकारमा अल्पमतमा परेपछि ओलीले संसद विघटन गरेको भन्दै चुनाव गर्ने भन्नु ‘भएको छोरो मार्नु’ सरह भएको बताए । उनले चुनावको बहकाउमा लागे ठूलो गल्ती हुने र ओलीको षड्यन्त्र पराजीत गरेरै छोड्ने बताए । ‘ओलीको चलखेल, षड्यन्त्र, जालझेल पुरा गर्न दिइने छैन’, भुषालको भनाइ छ ।
अहिले ओलीसँग साइवर सेना र सेटिङ मात्रै रहेको भन्दै बाँकी शक्ति आन्दोलनको पक्षमा रहेको बताए ।
प्रतिक्रिया