शनिबार, ८ वैशाख २०८१

२७ प्रतिशत बढ्यो सिटिजन्स बैंकको खुद नाफा

समयपोष्ट २०७७ माघ ८ गते १०:२४

Advertisement

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.२६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै नेट ट्रेडिङ्ग इन्कम र अन्य सञ्चालन आम्दानी बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १२.३९ प्रतिशत बढेर १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ पु्गेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २१.५६ प्रतिशत बढेर १ अर्ब १६ करोड २० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ११ करोड ३ लाख रुपैयाँ रहेको बैंकको नेट ट्रेडिङ्ग इन्कम चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १९ करोड ६७ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी २ करोड ६३ लाख रुपैयाँबाट बढेर ११ करोड ३२ लाख रुपैयाँ पुगेको छ। यी दुई आम्दानीले पनि बैंकको नाफा बढाउन टेवा पुर्याएको देखिन्छ।

९ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ सञ्चित छ भने शेयरधनी कोषमा ८७ करोड ६७ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्य अर्थात गत असार मसान्तको तुलनामा बैंकको चुक्ता पूँजी ८ प्रतिशतर जगेडा कोष १.३४ प्रतिशत बढेको हो भने शेयरधनी कोष ५.८४ प्रतिशत घटेको हो।

समीक्षा अवधिमा बैंकको निक्षेप १८.८५ प्रतिशत बढेर १ खर्ब ५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ११.२७ प्रतिशत बढेर ८७ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ पुगेको छ। कर्जा बढेसँगै बैंकको निष्क्रिय कर्जा पनि बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.९९ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २.४२ प्रतिशत पुगेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १५ रुपैयाँ १३ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८३ पैसा पुगेको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनपात १६.५५ गुणा रहेको छ। बैंकको आधारदर १०.३५ प्रतिशतबाट घटेर ८.२५ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ४.५८ प्रतिशतबाट घटेर ४.०८ प्रतिशतमा सीमित भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री