शुक्रबार, ७ वैशाख २०८१

जो बाइडेनले ४६औं अमेरिकी राष्ट्रपतिको रुपमा लिए शपथ

समयपोष्ट २०७७ माघ ८ गते ८:०५

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडेनले ४६औं अमेरिकी राष्ट्रपतिको रुपमा शपथ लिएका छन् ।

बाइडेनले उच्च सुरक्षा व्यवस्थासहित बुधबार क्यापिटल हिलमा शपथ ग्रहण गरेका हुन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट विशेष कार्यक्रमसहित उनले शपथ लिए । यसैगरी उपराष्ट्रपतिको रुपमा कमला ह्यारिसले पनि शपथ लिएकी छन् ।

समारोहमा लेडी गागा र जेनिफर लोपेजको विशेष सांगीतिक कार्यक्रम थियो । बुधबार राति सपथ लिनुअघि बाइडेनले मन्तब्य दिने क्रममा भावुक बनेका थिए । शपथ ग्रहण समारोहमा राष्ट्रिय गानसँगै सम्मानमा सलामी दिइएको थियो ।

अमेरिकामा गत नोभेम्बर ३ मा सुरु भएको निर्वाचनको परिणाम अनुसार डेमोक्रयाट्सका जो बाइडेन निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री