बुधबार, १२ वैशाख २०८१

उपत्यकाका यी स्थानमा आज १ घण्टा लोडसेडिङ

समयपोष्ट २०७७ माघ ७ गते ११:४१

Advertisement

काठमाडौँ उपत्यकाका केही स्थानमा आज विद्युत आपुर्ति बन्द हुने भएको छ ।

ललितपुरको बालकुमारी खन्ना गार्मेन्ट, हनुमन्ते करिडोर, नमस्ते पेट्रोल पम्प आसपासका क्षेत्रमा दिउँसो ३ देखि ४ बजेसम्म एक घण्टा विद्युत आपुर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

लुभु एकको फिडर अन्तर्गत पर्ने बालकुमारी खरिबोट नजिकै रहेको एशियन पेन्ट्स नेपालको ट्रान्सफरमर जलेकोले सो ट्रान्सफरम मर्मतको लागि सटडाउन गर्नुपर्ने भएकाले एक घण्टा बिजुली जाने प्राधिकरणले जनाएको छ ।

यस्तै काठमाडौंको सुकेधारा, चण्डोल, महाराजगंज, विशालनगर, चप्पल कारखाना, लोसाल आसपास एक बजेदेखि दुई बजेसम्म एक घण्टाको लागि विद्युत अवरुद्ध हुने प्राधिकरणको भनाइ छ ।

सो क्षेत्रको ओम फिडर अन्तर्गतको कुमारी मन्दिर एरियामा ट्रान्सफरमर इन्स्टलेसन गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री