बिहीबार, १३ वैशाख २०८१

सन्राइज बैंकद्वारा कन्ट्याक्टलेस कार्डको सुरुवात

समयपोष्ट २०७७ माघ ६ गते १८:५५

Advertisement

कार्ड मार्फत हुने भुक्तानीलाई अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यका साथ सन्राइज बैंकले कन्ट्याक्टलेस डेबिट, क्रेडिट र अन्तर्राष्ट्रिय डेबिट कार्डको सुरुवात गरेको छ ।

सो कार्डको प्रयोग गरी पोइन्ट अफ सेलमा कारोबार गर्दा पिन राख्नु नपर्ने र कार्डलाई पि ओ एस मा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस कार्ड मार्फत हुने कारोबार छिटो, छरितो र सहज हुने बैंकको विश्वास छ ।

उक्त कार्डबाट ट्याप एण्ड पे गर्न ट्याप सुविधायुक्त पि ओ एसको आवश्यकता पर्दछ । बैंकले हालको पि ओ एसलाई स्तरोन्नत्ती गरी ट्याप सुविधायुक्त पि ओ एस उपत्यकाका विभिन्न रेस्टुरेन्ट, सपिङ्गमल आदि ठाउँहरुमा राख्ने कामको थालनीे गरिेसकेको छ । उक्त कार्ड पि ओ एस मा ट्याप मार्फत र अन्य POS मा swap वा insert गरी चलाउन समेत सकिने छ ।

अन्तर्राष्ट्रिय स्तरको सुरक्षा व्यवस्था रहेको उक्त NFC (Near Field Communication Technology) Contactless कार्ड मार्फत हाललाई बिना PIN अधिकतम रु.२,००० सम्मको कारोबार गर्न सकिने छ भने रु.२,००० भन्दा बढीको कारोबार गर्दा PIN प्रयोग गर्नुपर्नेछ ।

१६० एटिएम, १३९ शाखा, २००० भन्दा बढि मर्चेन्ट नेटवर्क, ८००० रेमिट्यान्स एजेन्ट मार्फत ७ लाख भन्दा बढि ग्राहकहरुलाई स्वदेश तथा विदेशमा समेत सेवा प्रदान गर्दै आएको सन्राइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंक हो । डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट झुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सन्राइज बैंकले विभिन्न नविनतम् सेवा सुबिधा ल्याउँदै आएको छ । Contactless कार्डको प्रयोगले कार्डबाहकलाई हाल विश्वभर माहामारीको रुपमा फैलिएको कोभिड १९ सँक्रमणको जोखिमबाट समेत सुरक्षित राख्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री