बिहीबार, ६ वैशाख २०८१

सन्राइज बैंकका ग्राहकलाई सांग्रिला भिलेज रिजोर्ट,पोखरामा विशेष छुट

समयपोष्ट २०७७ माघ ५ गते १९:१४

Advertisement

सन्राइज बैंकका ग्राहकहरुले सांग्रिला भिलेज रिजोर्ट, पोखराका विभिन्न सेवामा छुट पाउने भएका छन् ।

बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै विभिन्न सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखराको सांग्रिलामा खाना, बेबरेज, बेकरी , सौना र पुल सुविधाको सन्राइज बैंकको क्रेडिट र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १५ प्रतिशतको छुट लिन सक्नेछन् ।

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम् सेवा सुविधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री