शुक्रबार, १४ वैशाख २०८१

सिंगटी हाइड्रोपावरको आईपीओ खुल्यो

समयपोष्ट २०७७ माघ ४ गते ११:३९

Advertisement

सिंगटी हाइड्रो इनर्र्जी लिमिटेडको आईपीओमा आवेदन खुलेको छ ।

आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइबतारदेखि आईपीओ बिक्री खुला गरिएको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरले कुल १४ लाख ५० हजार कित्ता आईपीओ स्थानीय बासिन्दालाई बिक्री खुला गरेको हो । यसमा दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिखु र कालिञ्चोक गाउँपालिकाका स्थानीयले आवेदन दिन सक्नेछन् ।

यो आइपीओ माघ १८ गतेसम्म भर्न सकिनेछ । उक्त समयमै सबै सेयर बिक्री नभएमा भने फागुन ३ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री