आइतबार, १६ फागुन २०७७

वकिलहरूलाई प्रधानमन्त्रीको प्रश्न – मन्त्रिपरिषद्ले निर्णय गर्दा संविधान र कानुन उल्लेख गर्नुपर्छ भन्ने कहाँ लेखेको छ ?

समयपोष्ट २०७७ माघ ४ गते ८:३०

Advertisement

 

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको सिफारिस भिन्दाभिन्दै हो भन्ने जानकारी पनि नहुनेले संसद् विघटनसम्बन्धी मुद्दामा बहस गरेको भन्दै कटाक्ष गरेका छन् । उनीहरूले कस्तो संविधान र कानुन पढेर संसद् विघटनको विपक्षमा बहस गरेका छन् भन्दै प्रधानमन्त्रीले प्रश्न उठाएका छन् ।

Advertisement

शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को निर्णय संविधान र कानुनको कुन आधारअनुसार हुनुपर्छ भनेर लेखिएको छ भन्दै देखाइदिन चुनौतीसमेत दिएका छन् । ‘मन्त्रिपरिषद्ले निर्णय गर्दा संविधान र कानुनको धारा खुलाएर निर्णय गर्नुपर्छ भन्ने कुरा संविधानको कुन धारा र नियमावलीमा छ ? त्यति त बहस गर्न जान्ने (वकिल)लाई थाहा हुनुपर्ने हो । उहाँहरूको जस्तो ३ बजे अविश्वास दर्ता गराएर बिहान १०.३० बजे लेखाउन लुकेर किर्ते सनाखत गरेर चल्ने हाम्रो चलन छैन । हामीले मन्त्रिपरिषद्को निर्णय गर्दा नेपालको संविधानबमोजिम प्रतिनिधिसभा विघटन गर्ने र निर्वाचनमा जाने निर्णय गर्‍यौँ,’ ओलीले भने ।

सर्वोच्च अदालतको शुक्रबारको संवैधानिक इजलासमा विघटनको विपक्षमा बहस गर्ने वकिलहरूले मन्त्रिपरिषद्को निर्णयको सक्कल कपीमा विघटनबारे संविधानको धारा नै उल्लेख नभएको, तर राष्ट्रपतिबाट सार्वजनिक विघटन सदर गर्ने निर्णयमा भने संविधानको धारा उल्लेख भएको भन्दै प्रश्न उठाएका थिए ।

ओलीले संवैधानिक इजलास हेर्ने न्यायाधीशलाई प्रधानमन्त्रीले बालुवाटारमा भेटेको सूचना प्रमाणित गरेर देखाउन चुनौती दिए । ‘योभन्दा झुट, बढी ठूलो बेइमानी के हुन्छ ? न्यायप्रणालीमाथि जनताको विश्वास हटाउनका लागि, न्यायप्रणालीमाथिको यो गम्भीर प्रहार भन्दा घिनलाग्दो के हुन्छ ?’ ओलीको प्रश्न थियो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित सामाग्री