शुक्रबार, ७ वैशाख २०८१

बालिकासंग नाम जोडिएका मुख्यमन्त्री राईले यी युवतीसंग प्रेम विवाह गर्दै

समयपोष्ट २०७७ माघ ३ गते २०:०३

Advertisement

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई माघ ११ गते विवाह बन्धनमा बाँधिदैँ छन् ।

मुख्यमन्त्री राई ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिन लागेका हुन् ।

शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् । ज्याङ्मु र ५० वर्षीय मुख्यमन्त्री राईको प्रेम विवाह हुने लागेको बताईएको छ ।

यसअघि मुख्यमन्त्री राईविरुद्ध तत्कालीन नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालकी केन्द्रीय सदस्य बालिका खड्काले आफूलाई पत्नीको रुपमा स्वीकार गरी शारीरिक सम्पर्क राखेको आरोप लगाएकी थिईन् । खड्काले काठमाडौं जिल्ला अदालतमा पतिको नाता कायम गरी अंश पाऊँ भनी मुद्दा समेत दायर गरेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री