शुक्रबार, ७ वैशाख २०८१

नेपालमा आपत्कालिन प्रयोगको अनुमति पाउने पहिलो कोभिड–१९ विरुद्धको खोप बन्यो ‘कोभिसिल्ड’

समयपोष्ट २०७७ माघ २ गते १६:१८

Advertisement

भारतमा निर्माण भइरहेको कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ ले नेपालमा आपत्कालिन प्रयोगका लागि अनुमति पाएको छ ।

औषधि व्यवस्था विभागको शुक्रबार बसेको बैठकले खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिएको बताईएको छ । योसँगै ‘कोभिसिल्ड’ नेपालमा आपत्कालिन प्रयोगको अनुमति पाउने पहिलो कोभिड–१९ विरुद्धको खोप बनेको छ ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले निर्माण गरेको खोपको भारतको सेरम इन्सिटिट्युटले उत्पादन गरिरहेको छ । यो खोपको दुई डोज चार देखि १२ हप्ताको अन्तरालमा लगाउनुपर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री