बिहीबार, १५ चैत २०८०

कंगनामाथि लाग्यो चोरीको आरोप

समयपोष्ट २०७७ माघ २ गते १४:२६

Advertisement

कंगना रनौतले हालसालै फिल्म मणिकर्णिकाको दोस्रो भागको घोषणा गरिन् ।

उनको नयाँ फिल्मको टाइटल ‘मर्णिकर्णिका रिटर्न – द लेजेन्ड अफ दिद्दा’ हुनेछ । तर कंगनामा अब फिल्मको कहानी चोरी गरेको आरोप लागेको छ । लेखक आशिष कौलले कंगनामा उनको कथा चोरेको आरोप लगाएका छन् ।

आशिष कौलले नवभारत टाइम्ससँगको अन्तर्वार्तामा यसबारे खुलासा गर्दै कंगनाले आफ्नो कहानी चोरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘म आफूमाथि भएको गलत कुराका लागि लड्छु । आफूमाथि भएको शोषणका लागि मेरो लडाईं चलिरहेको छ ।’

आशिष कौलको दाबी अनुसार उनको बुक ‘दिद्दाः द वारियर क्विन अफ कश्मिर’ को अंग्रेजी संस्करण आइसकेको छ । उनी भन्छन्, ‘मसँग कपिराइट छ र उनी यस्तो कसरी गर्न सक्छिन् । लकडाउनका बेला मैले कंगनासँग किताबको हिन्दी संस्करणका लागि सम्पर्क गरेको थिएँ । मैले आफ्नो बुकका लागि कंगनालाई हिन्दी संस्करणको मेल पठाएको थिएँ तर उनको कुनै उत्तर आएको थिएन ।

आशिषले थपेका छन्, ‘अब कंगनाले अचानक फिल्मको घोषणा गरेकी छिन् । तर यो कहानीमा मेरो कपिराइट छ । दिद्दा लोहार राजकुमारी थिइन् जो अब जम्मूमा बस्छिन् । फिल्मको विषयमा मेरो रिलायन्स इन्टरटेनमेन्टसंग कुरा भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री