शुक्रबार, ७ वैशाख २०८१

सुन्दरता पनि हुन्छ यस्तो अभिसाप

एजेन्सी २०७७ पुष २४ गते १५:५०

Advertisement

सामान्यतया महिलालाई धेरै सुन्दर हुन मन लाग्छ । उनीहरुले आफु सुन्दर भएमा सहकर्मी भन्दा चाँडै उन्नति हुनेमा विश्वास राख्छन् । तर भर्खर भएको एक सर्वेले पुरुषको विषयमा भने ठिक उल्टो तथ्य पत्ता लागेको छ । अर्थात कुनै पुरुष कर्मचारी आकर्षक भएमा उसले झन् झन्झट भोग्नुपर्छ ।

युनिभर्सिटी कलेज लन्डनको स्कुल अफ म्यानेजमेन्टले गरेको अध्ययनबाट हाकिमको मनमा आफैमा सुन्दर कर्मचारीप्रति ईश्र्या भाव राख्ने पत्ता लागेको छ । यसको सिधै असर उनको प्रमोशनमा पर्छ ।

८७० जना पेशेवरमाथि गरिएको अनुसन्धानले यस्तो पत्ता लागेको हो । प्रतिस्पर्धात्मक भूमिकाहरुलाई लिएर कैयौपटक आकर्षक कर्मचारीहरुलाई खारेज गर्ने गरेका छन्, जहाँ व्यक्तिगत प्रतिभाले अहम भुमिका निभाउने गर्छन् । जस्तो सेल्स तथा इनवेस्टमेन्ट बैंकिगं । यस्ता कर्मचारीहरुलाई त्यस्तो भुमिका दिइन्छ र जसलाई पुरै टिमले काग गर्छ र कामको श्रेय टीमले लिन्छ ।

लन्डन बिजनेस स्कुल र युनिवर्सिटी अफ मेरील्यान्डका विशेषज्ञले लेखेको एक रिपोर्ट अनुसार हरेक सस्थानमा उत्कृष्ट कर्मचारी लिन चाहान्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री